Loading... आजः २२ फाल्गुन २०७७, शनिबार

ला लिगामा रियाल मड्रिड विजयी

ला लिगामा रियाल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिग फुटबलमा गएराति रियाल मड्रिडले गेटाफेलाई २–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल गरे ।

जितसँगै रियालले अंक तालिकाको शिर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी घटाएको छ । उसको २२ खेलबाट ४६ अंक भएको छ ।

शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ भने २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

एजेन्सी