Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

खानेपानी, बाटोघाटो र विद्युतको माग राख्दै स्थानियद्धारा नगरपालिकामा प्रर्दशन

खानेपानी, बाटोघाटो र विद्युतको माग राख्दै स्थानियद्धारा नगरपालिकामा प्रर्दशन

बझाङ ।  खानेपानी, बाटोघाटो, विद्युतको माग सहित स्थानियले नगरपालिकामा प्रर्दशन गरेका छन ।

जयपृथ्वी नगरापालिका वडानम्बर ८ बारिलका स्थानियहरुले खानेपानी, बाटोघाटो, विद्युतको माग सहित बारिलका स्थानियहरुले जयपृथ्वी नगरपालिकामा आइतबार प्रर्दशन गरेका हुन ।

जयपृथ्वी नगरपालिकाको सबै वडाहरुमा सडक विस्तार भए पनी बारिलमा नहुँदा सडक विस्तारको लागी नगरपालिकाले बजेट नछुट्याएको र बर्खा याममा पहिरो गइ बस्तिहरु जोखीममा रहेकाले त्यसको रोकथामका लागी पनी बजेट विनियोजन गर्नु पर्ने भन्दै स्थानियहरु आन्दोलित भएका छन ।

प्रर्दशन गर्न आएका स्थानिय विर बहादुर बोहराले, स्थानियतह तथा हाम्रो गाउँ नगरपालिकामा समावेस भएको करिब ५ साल भैसक्यो अझै पनी समस्या जसाका तसाइ छन । न निकरि हिड्न्या बाटो बन्यो, न खानाकि पानीनै छ । न वाल्नाकि विजुली हामी कि नगरपालिका भया पन केइ भयोइन सेवा सुविधा ,अर्का स्थानिय शेर बहादुर बोहराले , स्थानिय सरकार हुनु अगाडि जसो छियो उसोइ छ ।

गाउँमा पहिला पन चामल बोकेर लिन्थ्यौ । अहिले पनी त्यस्तै छ पहिले पानी ल्याउन एक दुइ घन्टा हिडेर जानथ्यौ , अहिले पनी त्यस्तै छ , फरक भन्या दाउरा बाल्नको लागी करै सबै गर्नाको करै दिनु पर्छ फरक यति मात्रै भयाको छ ।

नगरपालिका भया पछी सेवासुविधा राम्रो हुन्छ भन्दा छिया हामीलेत कर मात्र र्तिर्नु छ । यो चेतावनी मात्र दियाका छौ । हाम्रो माग पुरा नभएपछी हामी वडा कार्यालय र नगरपालिकामा ताला बन्दि गर्छाै ।

बारिलमा सडकको लागी ५ लाख बजेट छुट्याइ सकेको र केहि महिनामै काम हुने र विधुतको लागी पोल गाढ्न टेन्डर भैसकेको केहि दिनमै पोल गाढ्ने काम सुरु हुने जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले बताउनु भयो ।

जयपृथ्वी नगरपालिका भए पनी कतिपय वडाहरुमा अझै पनी सडक , संचार, विधुत र खानेपानीको पहुँच बाहिर रहेका छन ।