Loading... आजः २ असार २०७८, बुधबार

भागरथीका परिवार : निर्मलाको जस्तो हविगत नहोस्

भागरथीका परिवार : निर्मलाको जस्तो हविगत नहोस्

काठमाडौं । दोगडाकेदार ७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।

राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् ।

हत्यारालाई छिटो पत्ता लगाएर कडा कारवाही गर्नुपर्छ, भागरथीकी आमा दुरा भट्टले भनिन् बुधवार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव विहिवार बीभत्स अवस्थामा फेला परेको थियो ।

परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । कान्तिपुर