Loading... आजः १ असार २०७८, मंगलवार

खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने ट्रेड युनियनको माग

खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने ट्रेड युनियनको माग

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका क्रियाशील ट्रेड युनियनहरूले खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने माग गरेका छन् ।

१३ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रियामा विभिन्न ५ कर्मचारी संगठनहरूले कार्यपत्र प्रस्तुत गर्दै उत्पादन लागतको आधारमा खानेपानीको महशुल पुनरावलोकन गर्न आग्रह गरे ।

कम्पनी सञ्चालनमा देखिएका सैद्धान्तिक, संरचनागत, नीतिगत जटिलतालाई व्यवस्थापनले तत्काल सुधार गर्नुपर्ने उनीहरूको माग छ ।

ट्रेड युनियनहरूले सरोकारवाला निकायबीच समन्वयको अभाव हुँदा खानेपानी तथा सरसफाइ व्यवस्थापनमा समस्या देखिएकाले कमजोरी सुधार्न जोड दिएका छन् ।