Loading... आजः १९ फाल्गुन २०७७, बुधबार

महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदै

महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदै

काठमाडौं । काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदैछ ।

आज त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ ।

लिगको पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

आर्मी १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ ।

पहिलो चरणको समाप्तिसम्म ६ खेलबाट १८ अंकसहित सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा रहेको छ ।

विराटनगर १० अंकसहित तेस्रो स्थानमा पुगेको छ । पुलिस भने ८ अंकसहित चौथो स्थानमा झरेको छ ।

वालिङ नगरपालिका ८ अंकसहित पाँचौं, चन्द्रपुर नगरपालिका ३ अंकसहित छैटौं स्थानमा छ ।