Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नाै जना पक्राउ

बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नाै जना पक्राउ

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नाै जना पक्राउ परेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नाै जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सल्यानका भीमबहादुर खनाल, रत्न थापा मगर, कृष्णबहादुर थापा, सोमबहादुर खत्री, टेकबहादुर कुँवर, कुमार थापा, धनबहादुर थापा, देवप्रसाद थापा र तिलक डाँगीलाई पक्राउ गरेको हो ।

उनीहरूले गोठ तथा घर नजिकको झाडीमा लुकाएर राखेको ६ नाल भरुवा बन्दुक बरामद भएको र कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।