Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार
सैनिक ‘कु’को त्रास

सडकमा नेपाली सेनाका बख्तरबन्द गाडीको ‘रिहर्सल’, नागरिक सशंकित

सडकमा नेपाली सेनाका बख्तरबन्द गाडीको ‘रिहर्सल’, नागरिक सशंकित

बाँके । नेपालगन्जमा बिहीबार द्वन्द्वकालिन समयको झल्को हुने गरी पश्चिम नेपालका नागरिकहरु सशंकित बनेका छन् । बाँकेको नेपालगन्ज सुर्खेत रोड, बर्दिया तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाका बख्तरबन्द गाडी कुदेपछि पश्चिम नेपालका नागरिक सशंकित बनेका हुन् ।

नेकपा प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आम हड्तालकै दिन बाँके, बर्दिया र कैलालीका सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएका हुन् । बाँकेको नेपालगन्ज, बर्दिया खण्डमा पर्ने पूर्व–पश्चिम राजमार्ग तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएपछि सो क्षेत्रका सर्वसाधारण सशंकित भएको छन् ।

नेपाली सेनाका अनुसार नेपालगन्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल भएकै बेला सेनाले बख्तरबन्द गाडी सडकमा देखिन थालेका छन् । यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा १० वटा बख्तरबन्द गाडी गुदाएको थियो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।