जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, केन्द्रीय नेताहरू घाइते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा झडप भएको छ ।
बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
संवैधानिक आयोगमा नियुक्ति गरिएपछि प्रचण्ड–नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल गरेको छ ।
सत्यपाटी
२२ माघ २०७७, बिहीबार