Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार
नेपाल बन्द

देशभर बन्द गराउँदै हिँड्ने १४९ जना पक्राउ, उपत्यकामा ५ स्थानमा तोडफोड

देशभर विभिन्न १० स्थानमा तोडफोड
देशभर बन्द गराउँदै हिँड्ने १४९ जना पक्राउ, उपत्यकामा ५ स्थानमा तोडफोड

काठमाडौं ।  नेपाल बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने एक सय ४९ जना देशका विभिन्न स्थानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा आधाभन्दा बढी काठमाडौँ उपत्यकाभित्रबाट छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन्। काठमाडौँ उपत्यकामा पाँच, सुनसरीमा २ तथा चितवन, इलाम, सिन्धुली र मकवानपुरमा एक एकवटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ।

सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो।