Loading... आजः २० फाल्गुन २०७७, बिहीबार

वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द

वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् ।

वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

 कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका ३८ वर्षीय वडाध्यक्ष रानामगरको उपचारकै क्रममा मङ्गलबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उनका  श्रीमती र एक छोरी हुनुहुन्छ ।

रानामगर नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।