Loading... आजः २८ बैशाख २०७८, मंगलवार

म्युजिक भिडियो ‘ओठमा लाली’ले बजार ततायो

म्युजिक भिडियो ‘ओठमा लाली’ले बजार ततायो

बाँके । लोकप्रिय गायक राजेश पायल राई र नवगायिका भीमा राईको सुमधुर स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियोले यतिबेला बजार तताएको छ । सानैदेखि गीत संगीतमा रुची राख्ने गायिका राईको पहिलो प्रयास स्वरूप सार्वजनिक गरिएको भिडियोलाई दर्शक, स्रोता तथा मिडिया हाउसले मन पराएका छन् ।

प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा दिपेश राई, भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ । मणी राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा नियोनले छायांकन तथा सम्पादन गरेका हुन् ।

देवान के राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो । पहिलो पहिलो प्रयासमा सार्वजनिक बजारमा आएको भिडियोले छोटो समयमै युट्युबमा ३७ हजार बढी भ्युज पाइसकेको छ भने एक हजार बढी शेयर भएको छ ।