Loading... आजः २ असार २०७८, बुधबार

सन्नी लियोनीलाई पछि पार्दै अदिती (फोटोफिचर)

सन्नी लियोनीलाई पछि पार्दै अदिती (फोटोफिचर)

बाँके । अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’ हो । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियो । पछिल्लो समयमा पनि बलिउडमा संघर्ष गरिरहेकी छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् । केहि पहिला ‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो ।

एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको हो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘हामी त्यो हिरोइनको चर्चा गर्दैछौं । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन्, नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ ।

उनको तस्वीरले इस्टाग्राममा आगो लगाएको बताउँदै एबिपी न्युजले अदितीलाई सन्नी लियोनीभन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर केहि पहिले इस्टाग्राममा भाइरलसमेत भए । अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका थिए । इस्टाग्राममा अदितीका पनि तीन लाखभन्दा बढि फ्लोअर्स छन् ।

को हुन् अदिती ?

अदितीको जन्म झापा, दमकमा भएको हो । फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी २५ बर्षीय अदिती मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहिसमय अघिमात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्रसमेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय कला देखाइन् । अदितीले ६ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी हुन् ।