Loading... आजः २२ फाल्गुन २०७७, शनिबार

गत २४ घण्टामा ५ लाख ६८ हजारभन्दा बढी संक्रमित थपिए

गत २४ घण्टामा ५ लाख ६८ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख ६८ हजार दुई सय ९७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १४ हजार चार सय १३ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड २५ लाख ८६ हजार तीन सय ८६ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २२ लाख १४ हजार दुई सय आठ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार तीन सय ६९ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ तीन हजार तीन सय २१ जनाको मृत्यु भएको छ।

बेलायतमा थप २९ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार दुई सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ। भारतमा १२ हजार पाँच सय १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा भारतमा एक सय २९ जना संक्रमितको मृत्यु भएको छ। ब्राजिलमा थप ५८ हजार छ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार ९९ जनाको मृत्यु भएको तथ्यांक छ। रूसमा पछिल्लो २४ घण्टामा १९ हजार दुई सय ३८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय ३४ जनाको मृत्यु भएको छ।

यस्तै, दक्षिण अफ्रिकामा छ हजार एक सय ४१, कोलम्बियामा १० हजार ५८, मेक्सिकोमा १८  हजार छ सय ७०, इरानमा छ हजार पाँच सय ७३, फ्रान्समा २२ हजार आठ सय ५८, स्पेनमा ३८ हजार एक सय १८, जर्मनीमा १२ हजार सात सय ९९, इटलीमा १३ हजार पाँच सय ७४ तथा अर्जेन्टिनामा नौ हजार हजार आठ सय ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।