Loading... आजः २४ फाल्गुन २०७७, सोमबार

चोरीका घटना बढेपछि कोहलपुर प्रहरीले सक्रियता बढायो, मोटरसाइकल चोर्ने गिरोह पक्राउ

चोरीका घटना बढेपछि कोहलपुर प्रहरीले सक्रियता बढायो, मोटरसाइकल चोर्ने गिरोह पक्राउ

बाँके । चोरीका घटना बढेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले सक्रियता बढाएको छ । सोही क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एउटा गिरोहलाई नै पक्राउ परेको छ ।

माघ ५ गते कोहलपुरको रझेनामा घरमै राखेको अवस्थामा दुर्गाराज भट्टराईको भे ६ प २५६० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । सोही अनुसन्धान गर्दै जाँदा कोहलपुर क्षेत्रमा बाइक चोरी गर्ने एउटा समूह नै पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा कोहलपुर रझेनाका बिष्णु हरिजन, घनश्याम चौधरी र सुबास हरिजन रहेका छन् । प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले कोहलपुर प्रहरी संक्रियता बढाएको बताए ।

कुरुवाको मोबाइल चोर्ने पक्राउ

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका एक कुरुवाको मोबाइल चोर्ने एक युवक पक्राउ परेका छन् । कुरुवाको मोबाइल चोर्दै गरेको अवस्थामा प्रहरीले खजुरा गाउँपालिका २ का रमेश थापा रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

अस्पतालमा कुरुवा बसेका व्यक्तिको मोबाइल चोर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । दुवै चोरीका घटनाहरुमा संग्लनहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।