Loading... आजः २ असार २०७८, बुधबार
आज सहिद दिवस

सहीद सप्ताहको सार्थकता

सहीद सप्ताहको सार्थकता

नेपाली वृहत् सब्दकोसका अनुसार आफ्नो देस, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएको अमर व्यक्ति, सहादत प्राप्त व्यक्ति नै ‘सहीद’ हुन् । आफ्नो जीवनकै पर्वाह नगरी राष्ट्र र जनताका लागि बलिदान गर्ने व्यक्ति महान् हुन्छन् । तिनका त्यागबाट प्रेरणा लिनु र तिनको स्मरण तथा सम्मान गर्नु समस्त देसवासीको कर्तव्य हो । हामीकहाँ महान् सहीद, जसले व्यक्तिगत स्वार्थ तथा आफन्तको मोहबाट मुक्त भई देस र जनताको पक्षमा सङ्घर्ष गर्दा मृत्युवरण गरे तिनको सम्झनामा, हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मको एक हप्ता विभिन्न कार्यक्रम आयोजना गरी ‘सहीद सप्ताह’का रूपमा मनाउने गरिन्छ ।

विक्रम संवत् १९९७ माघ १० गतेदेखि १५ गतेसम्म सुक्रराज सास्त्री, धर्मभक्त माथेमा, दसरथ चन्द र गङ्गालाल श्रेष्ठलाई तात्कालिक सासकले मृत्युदण्ड दिएका थिए । नेपाल र नेपालीको हित र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने तिनै महान् सहीदको सम्झनामा विसं २०१२ देखि माघ १६ गतेलाई सहीद दिवसका रूपमा मनाउन थालिएको हो । ज्ञातव्य छ, मुलुकका चार महान् सहीदमध्ये तत्कालीन सासकले सुक्रराजलाई माघ १० गते टेकु पचली, धर्मभक्तलाई माघ १३ गते सिफल तथा गङ्गालाल र दसरथ चन्दलाई माघ १५ गते सोभाभगवतीमा मृत्युदण्डको नाममा गोली हानी हत्या गरेका थिए । नेपालका प्रथम सहीदचाहिँ लखन थापा हुन् ।

नेपालको इतिहासमा २००७ सालमा निरङ्कुस जहानियाँ सासनविरुद्ध क्रान्ति भएयता पनि राजनीतिक परिवर्तन तथा हक–अधिकारको प्राप्तिका लागि पटक– पटक आन्दोलन भएका छन् । त्यस्ता आन्दोलनमा थुप्रै सपुतले मृत्युवरण गरेका छन् । सहीद सप्ताहको अवधिमा तिनको स्मरण र सम्मान गर्ने गरिएको छ । मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा जसले आफ्नो प्राणोत्सर्ग गरे उनीहरूकै बलिदानको पृष्ठभूमिमा हालसम्मका परिवर्तन सम्भव भएको र हामीले स्वतन्त्र र सार्वभौम नागरिकका रूपमा जिउने अवसर पाएका हौँ । यस पृष्ठभूमिमा ती महान् सपुतको स्मरण गरिने यो अवसर मुलुक र जनताको हितमा काम गर्नका लागि प्रेरणा प्रदान गर्ने प्रेरक सन्दर्भ पनि हो ।

जनतामाथिको सोषण, अधिकारको हनन, थिचोमिचो, दमन, विभेद, अन्याय एवम् अत्याचारविरुद्ध आवाज उठाउँदा मारिएका हरेक सपुत समस्त नेपालीका आस्थापुञ्ज हुन् । यसैले तिनको सम्झना र सम्मान गरिनु स्वाभाविकै हो । तर, आज एकातिर सहीदको परिभाषा नै फेरिएको छ भने सहीदको योगदानको अवमूल्यन हुँदैछ । एकताका जथाभावी सहीद घोषणा गर्ने होड नै चल्यो, जसले वास्तविक सहीदको अपमान र अवमूल्यन हुन पुग्यो । देस र जनताका लागि होइन, कुनै दलविसेषको स्वार्थमा प्रयोग भएकालाई पनि ‘सहीद’को उपाधि दिने काम भयो । कुनै दलसँग आबद्ध भएको व्यक्ति चाहे जुनसुकै घटनामा मरेको होस् ‘सहीद’ घोषणाको माग राख्ने र घोषणा गर्नेले पनि नानाथरी विसेषणका सहीद घोषणा गर्ने र निसिचत रकम दिने प्रचलनले गर्दा सच्चा सहीदको अपमानमात्र भएन ‘सहीद’ सब्दकै अवमूल्यन हुन पुग्यो ।

देस र जनताका लागि प्राणको आहुति दिने सहीदको ऋण चुकाउनु जिउँदा सबैको र खासगरी मुलुक हाँक्ने जिम्मेवारी लिएकाको नैतिक दायित्व हो । एक हप्ताको कार्यक्रम र एक दिनको फूलमालाले सहीदको आत्माले सान्ति पाउन सक्दैन । त्यसका लागि देस र जनताप्रतिको जिम्मेवारी महसुस गर्नु आवसयक हुन्छ । जुन उद्देसय प्राप्तिका निम्ति सपुतले सहादत प्राप्त गरेका थिए, तिनको स्मरण गर्दै सोहीअनुरूपका कामकाजमा तदारुकता देखाउनुपर्छ । तर, हामी त्यसखालको स्थिति महसुस गर्न सकेका छैनौँ । पटक– पटक आन्दोलन, परिवर्तन भए पनि मुलुकले सही दिसा लिन सकेको छैन । विकास र समृद्धिको दिसामा अपेक्षित गति लिन सकेको छैन । सहीदको सपना साकार पार्ने कसम खाएर सत्तामा पुगे पनि निहित स्वार्थ पूरा गर्न तल्लीन रहने र सत्तामा पुगेपछि यस्तो दायित्वलाई भुल्ने राजनीतिक नेतृत्व र त्यस्तै प्रवृत्तिको निरन्तरताका कारण आमजनताको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।

सान्ति, सुरक्षा र स्थिरता कुनै पनि मुलुकको समृद्धिको पहिलो सर्त हो । सान्ति, सुरक्षाको अवस्था राम्रो नै भए पनि हामीले विकासको दिसामा गति लिन सकेका छैनौँ । वार्षिक बजेट खर्चको स्थिति सुधार हुन सकेको छैन । पछिल्लो समय हामी अस्थिरतातर्फ उन्मुख भएका छौँ । सत्तारूढ दलभित्रको आन्तरिक किचलोले प्रतिनिधिसभा विघटन हुन पुगेको छ । विगत एक वर्षदेखि विसवव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले आक्रान्त पारेको अर्थतन्त्रमाथि यसले थप दबाब पारेको छ । विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यसको विषयमा टिप्पणी गर्नु हतार हुने भए पनि सहमति, सहकार्य र एकताबाटै मुलुकलाई समृद्ध र समुन्नत बनाउने दिसातर्फ उन्मुख हुन सहज हुनेछ । विभाजन र विग्रह सधैँ नै स्थिरताको बाधक हुन्छ ।

सहीद सप्ताह वा दिवसलाई सहीदले देखाएको बाटो र दिसातर्फ इमानदारीसाथ अग्रसर हुने अवसरका रूपमा लिनुपर्छ । सहीदको सपनाका कुरा गर्ने तर तिनका चाहनामाथि कुठाराघात गर्ने काम गर्नुहुँदैन । तिनका सपना साकार पार्न नागरिकको हक–अधिकार तथा मुलुकको समग्र उन्नतिका लागि जीवनको बलिदान गर्नेले देखाएको बाटो र भावनात्मक आदर्सलाई अनुकरण र अनुसरण गर्नुपर्छ । महान् सहीदले राष्ट्र र जनताको पक्षमा गरेको कामको उच्च मूल्याङ्कन हुनुपर्छ । समस्त राजनीतिक दलले सहीदका सपनाको स्मरण र तिनलाई साकार पार्ने प्रतिबद्धता र सोहीअनुसारको इमानदारी देखाउनुपर्छ । यस अवसरमा सबैले आफ्नो आत्ममूल्याङ्कन र कर्तव्यबोध गर्नु तथा विगतका भूमिकाको समीक्षा गरी आ–आफ्नो चरित्रमा आवसयक सुधार गर्दै अघि बढ्नु जरुरी छ । (लेखक भूगोल साहित्य समाजका अध्यक्ष हुन् ।)