Loading... आजः २२ फाल्गुन २०७७, शनिबार

सिंहको हत्यामा संलग्नलाइ हदै सम्मको काबार्हीे गर्न अनेरास्ववियू बझाङको माग

सिंहको हत्यामा संलग्नलाइ हदै सम्मको काबार्हीे गर्न अनेरास्ववियू बझाङको माग

बझाङ । बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालीकामा मंङ्गलबार धारिलो हतियार खुडा प्रहार गरी हत्या गरिएका छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको न्यायका लागी नेपाल कम्युुनिष्ट पाटी नेकपा समर्थक अखिल नेपाल राष्टिय स्वतन्त्रविध्यार्थि युनियन (अनेरास्ववियू)ले मृतक सिंहको न्यायको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।

माघ १३ गते साँझ अपराधिक समुहले खुडा प्रहार गरी हत्या गरेको घटना प्रर्ति घोर निन्दा तथा भर्सना गदै , अपराधिलाइ राजनितिक आवरण नदिनका लागी समेत अनेरास्ववियूले विज्ञप्ति मार्फत राजनितिज्ञहरुलाइ अपिल गरेको छ ।

साथै उक्त विज्ञप्तिमा दोषिलाइ उम्किन नदिइ निर्दोष नफसाउन र घटनालाइ गम्भिरता पुर्वक लिइ घटनाको तथ्यसत्य छानविन गरी अपराधिलाइ हदै सम्मको कानुनी कारबाहीको माग गर्दै मृतक प्रर्ति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

हत्या आरोपित वडा अध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, ज्ञानबहादुर कडायत र केदार ऐडी गरी चार जना प्रहरीको नियन्त्रणमा रहेका छन ।