Loading... आजः २८ बैशाख २०७८, मंगलवार

बझाङमा सुरु भयो कोरोना विरुद्धकोे खोप अभियान

बझाङमा सुरु भयो कोरोना विरुद्धकोे खोप अभियान

बझाङ  ।  बझाङमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएकोे छ । प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले बुधबार बिहान जिल्ला अस्पताल सिमखेतमा खोप अभियानको उद्घघाटन गर्नु भएको हो ।

अभियान उद्घघाटन लगत्तै बझाङमा कोरोनाको पहिलो खोप बझाङको सिमखेत स्थित जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानुभक्तm जोशीले लगाउनु भएको छ । उहाँ संगै जनस्वास्थ्य निरिक्षक दिपक ऐडी र हेल्थअसिस्टेन रविन्द्र जोशीले पनि कोरोना खोप लगाउनु भएको छ ।

यससँगै बझाङ जिल्लाभर कोरोना खोप अभियान सुरु भएको हो । जिल्ला अस्पताल सिमखेत तथा जिल्लाभर १ केन्द्रबाट मात्र कोरोना खोप दिइने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाइ दिइएको छ ।

जिल्ला अस्पताल र जिल्ला स्वास्थ्यमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सरफाइकर्मी गरी ५९ जनाले बुधबार खोप लगाइएको छ ।

१४ गते देखी संचालन भएको यो अभियान माघ २४ गते सम्म संचालन हुने र जिल्लामा रहेको १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई उक्त खोप दिईने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्तm जोशीले बताउनु भयो ।

बझाङ जिल्लाका लागी १५६० डोज प्राप्त भएको छ । बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।