Loading... आजः १९ फाल्गुन २०७७, बुधबार

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री

एजेन्सी । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ ।

बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा भएको र संसार छोड्ने फैसला गरेको लेखेकी थिइन् । त्यतिबेला उनलाई अभिनेता किच्चा सुदीपले बचाएका थिए ।

त्यसपछि जयश्रीले उक्त पोस्टका लागि माफी माग्दै हटाएकी थिइन् । जयश्रीले आफ्ना केही साथीलाई पारिवारिक कारणले तनावमा रहेको बताएकी थिइन् ।

‘उनी प्रायजसो आफूलाई राम्रो महसुस नभइरहेको सुनाउँथिन्,’ जयश्रीकी एक साथीले भनिन्, ‘म उनलाई सम्झाउँथे तर उनले बारम्बार आफ्नो नम्बर परिवर्तन गरिरहन्थिन्, त्यसकारण पनि उनलाई सम्पर्क गर्न कठिन भइरहेको थियो ।’