Loading... आजः २३ फाल्गुन २०७७, आइतवार

ब्राजिलमा विमान दुर्घटनामा : ४ फुटबल खेलाडीसहित ६ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटनामा : ४ फुटबल खेलाडीसहित ६ जनाको मृत्यु

काठमाडौं ।  ब्राजिलमा प्लेन दुर्घटनामा परी चार फुटबल खेलाडीसहित ६ जनाको मृत्यु भएको छ ।

निजी विमानमा यात्रा गरिरहेका ब्राजिलको चौथो डिभिजन क्लब पलमासका ४ खेलाडी, अध्यक्ष र प्लेनका पाइलटको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ब्राजिलको टाकाटिन्स एयरपोर्टबाट उडान भर्ने क्रममा चिप्लिएर विमान दुर्घटनामा परेको थियो । उनीहरू कोपा भार्डे अन्तर्गत गोइनियामा भिलानोभाससँग खेल्न जान लागेका थिए ।

पलमासले आफ्ना अध्यक्ष लुकास मेइरा, पाइलट वार्नर, खेलाडीहरू लुकास प्रक्डेस, गुलहेर्मी नोय, रानुल र मार्कस मोलिनारीले दुर्घनामा ज्यान गुमाएको पुष्टि गरेको छ ।