Loading... आजः २३ फाल्गुन २०७७, आइतवार

ट्रयाक्टर र टेम्पो ठोक्किँदा ९ जना घाइते

ट्रयाक्टर र टेम्पो ठोक्किँदा ९ जना घाइते

रौतहट । रौतहटमा ट्रयाक्टर र टेम्पो ठोक्किँदा ९ जना घाइते भएका छन् ।

आइतबार राति ९ बजेको समयमा यमुनामाई गाउँपालिका ५ झुनखुन्वा स्थित गौर चपुर सडक खण्डमा झुनखुनवाबाट गौर तर्फ आउँदै गरेको ना १ ह५३३६ नम्बरको टेम्पोलाई ना३त४०२७ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते हुनेमा टेम्पो चालक रौतहट राजपुर नगरपालिका १ बस्ने राम मनोज दास, रुपन्देही मायादेवी गाउँपालिकाका राजु यादव, उमेश बरै, भैरहवा नगरपालिका २ का सडानन्द कंहार, गंगाराम लोनिया, पुरेणी गाउँपालिका ७ का मुकेशराज भट्ट, कपिलवस्तु शुद्धोधन गाउँपालिका ६ का शिवनारायण चौहान र बिरेन्द्र बानिया रहेको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको तथा ५ जनालाइ थप उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेज पठाइएको श्रेष्ठले बताए।

अन्यको गौर अस्पतालमा उपचार भइरहेको छ।