Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुख तथा स्कुल निर्देशकद्वारा राजीनामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुख तथा स्कुल निर्देशकद्वारा राजीनामा

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका सात जना क्याम्पस प्रमुख तथा स्कुल निर्देशकले सामुहिक राजीनामा दिएका छन् । माघ ७ गने उनीहरुले विश्वविद्यालयका उपकुलपतिसमक्ष सामुहिक राजीनामा दिएका हुन् ।

माघ ७ गते बिहान ११ बजे विश्वविद्यालयका रजिस्ट्रारले आह्वान गरेको बैठकमा उपकुलपतिले क्याम्पस प्रमुखमाथि गरेको व्यवहारबाट मर्माहत भइ राजीनामा दिएको उनीहरुको भनाइ छ ।

उपकुलपतिबाट यसरी मानमर्दन भइरहँदा आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन नसकिने महसुस गरी सामुहिक राजीनामा दिएको उनीहरुले राजीनामापत्रमा खुलाएका छन् । राजीनामा दिनेमा सोनालाल यादव, कृष्णप्रसाद चपाई, तेजविक्रम बस्नेत, जसविर रोका, दिपकसिंह रावत, डा.सुशिल शाही र डा.अर्जुनबहादुर ऐडी छन् ।