Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएई प्रस्थान

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स ९युएई०तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् ।

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनुहुनेछ । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्ने छन् ।

टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई जानुभएको छ । उनी अरेबियन्स टोलीबाट खेल्ने छन् । टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् ।

खड्काले भने एउटा खेल खेलेका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।