Loading... आजः २३ फाल्गुन २०७७, आइतवार
कोरोना कहर

नेपालमा थप ३२२ कोरोना संक्रमित, ३७४ संक्रमणमुक्त, ६ जनाको मृत्‍यु

कुल संख्या २ लाख ६७ हजार ६४४
नेपालमा थप ३२२ कोरोना संक्रमित, ३७४ संक्रमणमुक्त, ६ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३०६ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।