Loading... आजः २ माघ २०७७, शुक्रबार

भद्रकालीको आकाशे पुलमुनि पल्टियो बस, तीन घाइते

भद्रकालीको आकाशे पुलमुनि पल्टियो बस, तीन घाइते

काठमाडौं ।  बिहीबार बिहान काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि सवारी दुर्घटना भएको छ।

पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ। घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन्।

बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएको थियो। अहिले भने अवस्था सामान्य भइसकेको महाशाखाले जनाएको छ।

बस कसरी पल्टियो भन्ने कारण खुल्न सकेको छैन।