Loading... आजः २ माघ २०७७, शुक्रबार

चैतदेखि बन्द हलमा पहिलोपटक नयाँ चलचित्र रिलिज

चैतदेखि बन्द हलमा पहिलोपटक नयाँ चलचित्र रिलिज

काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज रिलिज भएको छ । दिपेश सापकोटाले निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

गतै चैत ७ गतेबाट सिनेमा हल बन्द भएपछि आज पहिलोपटक नयाँ नेपाली चलचित्र रिलिज भएको हो । पुस १० गते दुई नेपाली चलचित्र रिलिज भए पनि ती दुबै चलचित्र पुराना थिए ।

सरकारले सिनेमा हल खोल्ने निर्णय गरेसँगै शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  पीजी सर्टिफिकेट पाएको यो चलचित्र १६ बर्ष भन्दा तलका बालबालिकाले अभिभावको साथमा हल जानुपर्नेछ ।

‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायत कलाकारको अभिनय छ ।

चलचित्र वितरक तथा सिनेमा हल सञ्चालक गोपालकाजी कायस्थले नयाँ सिनेमाको अभावमा हलमा जान दर्शक इच्छुक नदिएकोमा अब नयाँ सिनेमा रिलिज भएसँगै हलमा दर्शकको भिड लाग्ने विश्वास व्यक्त गरे ।

असहज परिस्थिती भन्दै अधिकांश निर्माता हच्चिएका बेला शिव श्रेष्ठले चलचित्र प्रदर्शन गरेर शून्यमा झरेका चलचित्र क्षेत्रलाई चलायमान बनाउन लागि परेको बताए । नेपाली चलचित्र उद्योगले श्रेष्ठको यो गुन कहिल्यै नभुल्ने उनले बताए ।

उनलाई सिंगल थिएटरले ५५ प्रतिशत सेयर दिएका छन् । सामान्य समयमा ५० प्रतिशत सेयर दिँदै आएकोमा कोरोनाका कारण लगानी जोखिमको सम्भावना रहेको भन्दै ५५ प्रतिशत सेयर दिएका हुन् ।