Loading... आजः १४ माघ २०७७, बुधबार

जनतालाई चुनावका लागि तयार रहन नेकपा केपी पक्ष नेताहरुको आग्रह

जनतालाई चुनावका लागि तयार रहन नेकपा केपी पक्ष नेताहरुको आग्रह

 बझाङ  । केपि ओली नेतित्वको सरकारले संसद विघटन गरेर बैसाखमा चुनावको मिती तोकेपछी नेपाल कम्युनिष्ट पाटी नेकपा भित्र विभाजन देखिएको छ ।

नेकपा केपी पक्ष नेताहरु र प्रचन्ड माधव नेपाल पक्ष नेताहरुले अहिले बझाङ जिल्लामा फरकफरक स्थानमा र्याली जुलुस कोणसभा गर्दै आफ्नो पक्षमा नेता कार्यक्रता र जनताहरुलाइ लाग्न आग्रह गर्दै आएका छन ।

मंगलबार नेकपा केपि पक्षले सदरमुकाम चैनपुरमा आयोजना गरेको आमसभामा ओली पक्षका नेताहरुले चुनावनै विकल्प रहेकाले यसका लागी तयार रहन सबैलाइ आग्रह गरेका छन ।

आमसभामा बोल्दै ओली पक्षका सबै नेताहरुले नेकपा भित्रकै नेताहरुका कारण सरकारका साथै नेकपालाइ असहयोग गरेकाले बाध्य भएर संसद विघटन गरी नयाँ जनादेशमा जानु परेको बताउदै, चुनावनै लोकतन्त्रको आधार भएकाले सबैले चुनावलाइ सहयोग गर्नु पर्ने बताए ।

आमसभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महरले प्रचन्ड माधव नेपालले केपि ओली नेतित्वको सरकाले ५ बर्ष सम्म सरकार संचालन गर्ने प्रर्तिबदता गरेको भएक पनी विदेशिको इसारामा उचालेर , पदका लागी पाटीबाट केहि ब्यक्तिहरु चोइटिएको बताए ।

महर जस्तै अन्य नेताहरुले पनी पद प्रतिस्टाको लागी प्रचन्ड नेपाल समुहले सांसदहरुको कृत्य हस्ताक्षर गरि अनावश्यकरुपमा प्रधानमन्त्री र राष्टपति माथि अभियोग लगाउने प्रयास गरेकाले उक्तm कार्य भए राष्ट र पाटी असफल हुने हुदाँ बाध्य भएर संसद विघटन गरी मध्यवति र्निवाचनमा जानुपरेको दावि गरेका छन ।

प्रचन्ड र माधव नेपालले पटक पटक पाटी सहमतिको र्मम र हित विपरित साथै जनपक्ष विपरित गतिविधी गर्दै आएका कारण प्रधानमन्त्रीले चालेको कदम राष्टको हितकै लाग िभएकाले जनतालाइ दुविधामा नपर्न नेताहरुले सुझाव दिए ।

साथै नेताहरुले केपी सर्मा ओली प्रधानमन्त्री हुदा लोकप्रिय काम गरेकोले केपी सर्मा ओलीको लोकप्रियता अन्ति राष्टिय छवि बढ्ने डाहा रिसले पनी प्रचन्ड माधव नेपालको समुह पटकपटक सरकारलाइ असफल गर्न लागेको समेत आरोप लगाउनु भएको छ ।