Loading... आजः २ माघ २०७७, शुक्रबार

काठमाडौंबाट पक्राउ परे बहुविवाह गरेका बस्नेत

काठमाडौंबाट पक्राउ परे बहुविवाह गरेका बस्नेत

सल्यान । सल्यान प्रहरीले बहुविवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका–१ कोटबेत घर भई हाल ललितपुर महानगरपालिका–१८ मगरगाउँ बस्ने २७ वर्षीय भरत बस्नेत र उनकी कान्छी श्रीमती ओखलढुङ्गा लिखु गाउँपालिका–९ बस्ने २१ वर्षीया लक्ष्मी परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती ललिता बस्नेतले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । जाहेरीका आधारमा उनीहरूलाई ललितपुर महानगरपालिका–१८ मगरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बहुविवाह कसुरमा सल्यान अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।