Loading... आजः १२ माघ २०७७, सोमबार

विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रमुख कार्यकारी पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रमुख कार्यकारी पक्राउ

काठमाडौं ।  विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छिन्।

गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको उजुरी परेपछि शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

‘गायकको गीतको विषयमा प्रतिलिपि उल्लङ्घन गरेको उजुरी आएको थियो। त्यसैको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएका हौं,’ डीएसपी विष्टले भने।

गायक प्रमोद खरेलले आफ्नो गीतको प्रतिलिपी अधिकारको दुरुपयोग भएको भन्दै परिसरमा उजुरी दिएका थिए।