Loading... आजः ६ माघ २०७७, मंगलवार

अनेरास्ववियू बझाङको भेला सम्पन्न

अनेरास्ववियू बझाङको भेला सम्पन्न

बझाङ । सोमबार अनेरास्ववियू बझाङको जिल्ला भेला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । भेलाले १ सय ७५ जनाको जिल्ला भेला आयोजक समिति पनि गठन गरेको छ ।

अनेरास्ववियूका जिल्ला संयोजक प्रबिन्द्र धामीको अध्यक्षतामा सम्पन्न भेलामा अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महर प्रमुख अतिथि रहेका थिए । भेलाले १७ जनाको कार्यालय र ५९ जनाको सचिवालय गठन गरेर दिल बहादुर खातीलाई सह संयोजक तोकेको छ ।

यस्तै बझाङका १२ वटै स्थानिय तहमा संयोजक र सह संयोजकको जिम्मेवारी बाँडफाड गर्नुका साथै जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय निर्वाचन कमिटिमा पनि संयोजक र सह संयोकको जिम्मेवारी तोकेको छ ।

जिल्ला भेलालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय कमिटि संयोजक ऐन महरले अनेरास्ववियुको आधिकारिक जिल्ला संयोजक प्रबिन्द्र धामी नै रहेको बताउनु भयो ।

जिल्ला संयोजकलाई केन्द्रीय कमिटिले कारवाहि गर्ने प्रावधान भए पनि केहि अराजक तत्वले जिल्ला संयोजक धामीलाई कारवाहि गरेको भन्नु लाजको पसारो भएको बताए । कारवाहि गर्ने नगर्ने बारेमा कुनै कुरा नउठेकाले भ्रममा नपर्न महरले आग्रह गरे ।

पार्टी एकताका दौरानमा आफुलाई जिल्ला संयोजकको जिम्मेवारी दिएकाले दुविधामा नपरी मुल प्रवाहको नेतृत्वमा रहन अनेरास्ववियूका कार्यकर्तालाई आग्रह गरेका छन ।

आफूहरुले कमिटि बाट कसैलाई नहटाएको तर सह संयोजकले पार्टीका गतिविधिमा खलल पुग्ने खालका क्रियाकलाप गरेका कारण जिम्मेवारी बाट हटाएको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रबिन्द्र धामीले बताए । उनले भने हामीले सह संयोजक देविजंग सिंहलाई पद बाट हटाएर जिल्ला सदस्य मात्र राखेका छौ ।

उक्त भेलामा अनेरास्ववियूका स्थायि कमिटि सदस्य लोकेन्द्र सिंह, सचिवालय सदस्य पंकज भण्डारी, सागर भट्ट लगायतका केन्द्रीय तथा जिल्ला स्तरका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।