Loading... आजः १४ माघ २०७७, बुधबार

२ हजार ३ सयले घट्यो सुनको मूल्य

२ हजार ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ ।

प्रतितोला ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० ले ओरालो लागेर ९३ हजार कायम भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० तोकिएको छ । प्रतितोला ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा ६० ले घटेको हो ।