Loading... आजः १२ माघ २०७७, सोमबार

सत्यपाटीकर्मी सत्यराजलाई प्रेस काउन्सिलको लेखनवृत्ति

सत्यपाटीकर्मी सत्यराजलाई प्रेस काउन्सिलको लेखनवृत्ति

बाँके । प्रेस काउन्सिल नेपालबाट लेखनवृत्ति पुरस्कारको लागि सत्यपाटीकर्मी सत्यराज सिंह छनौट भएका छन् । प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जना आवेदक छानिएको प्रेस काउन्सिल नेपालका मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिए ।

२१ जनामध्ये सुदूरपश्चिम प्रदेशबाट बझाङबाट सत्यराज सिंह पनि छनोटमा परेका हुन् । निर्धारित समयावधिमा परेका आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति १५ हजार राशिको लेखनवृत्ति प्राप्त गर्ने भएका हुन् ।

काउन्सिलले २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म प्रकाशित र प्रशारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामूलक लेख तथा समाचार सामाग्री माग गरेको थियो । तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरुलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट गरिएको हो । सिंह स्थानिय संचार माध्याममा समेत आवद रहेका छन् ।