Loading... आजः १२ माघ २०७७, सोमबार
मौसम पूर्वानमान महाशाखा

देशैभर चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात
देशैभर चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। त्यस्तै प्रदेश २ बाहेकका सबै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै छ। हिमपात र वर्षाका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।