Loading... आजः ६ माघ २०७७, मंगलवार
मौसम पूर्वानमान महाशाखा

तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध
तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना छ।

साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि दिउँसो हल्का हिमपातको सम्भावना छ।

यसैगरी आज राति पनि गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ :

प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

44427 -->