Loading... आजः ५ माघ २०७७, सोमबार

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार एक हजार रुपैयाँ घटेको हो ।

मंगलबार सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार घटबढ भएन । आइतबार र सोमबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि मूल्य घटेको महासंघले जनाएको छ । यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको छ ।