Loading... आजः ५ माघ २०७७, सोमबार

बाँकेमा दाङका एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा दाङका एक कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा उपचार गराउन आएका थप एक कोरोना सक्रमित एक ७७ वर्षिया महिलाको मृत्यु भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका ६ बाट उपचार गराउन आएकी महिलालाई मंसिर ५ गते शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएको थियो । उपचारकै क्रममा गयराती १२ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसभन्दा अघि जिल्ला बाहिरको ४८ जनाको मृत्यु भईसकेको छ । यससँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।