Loading... आजः ६ माघ २०७७, मंगलवार
कोरोना कहर

कोरोनाबाट बाँकेमा ८६ जनाको ज्यान गयो

कोरोनाबाट बाँकेमा ८६ जनाको ज्यान गयो
फाइल तस्वीर

बाँके । बाँकेमा आइतबारसम्म ८६ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । जसमध्ये ३९ बाँकेभित्रका छन् भने ४७ जना बाहिरी जिल्लाका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार जिल्लाभित्रका १४ महिला र २५ पुरुष गरी ३९ र अन्य जिल्लाका ९ महिला र ३८ पुरुष गरी ४७ सङ्क्रमितको ज्यान गएको हो ।

बाँके जिल्लाका ३९ मध्ये भेरी अस्पताल नेपालगन्जमा १९ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १८ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने नरैनापुर क्वारेन्टाइनमा एक जना र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँके जिल्लाभित्र सबैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या नेपालगन्ज उपमहानगरपालिकाको छ भने अन्य जिल्लाका ४७ मध्ये भेरी अस्पतालमा १७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २९ र वेस्टर्न अस्पताल नेपालगन्जमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै दाङको रहेको छ ।

दाङका ३ महिला र १७ पुरुष गरी २० जना, बर्दियाका ९ पुरुष, कैलालीका २ महिला र २ पुरुष गरी ४, कञ्चनपुरमा १ महिला र ३ पुरुष गरी ४, सुर्खेतका २ महिला र १ पुरुष गरी ३, दैलेखका १ महिला र १ पुरुष गरी २, अर्घाखाँचीका १ पुरुष, रुकुम पश्चिमका १ पुरुष, अछामका २ पुरुष, रोल्पा १ पुरुष र प्युठानका १ पुरुष गरी ४७ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

44330 -->