चितवनमा थप २३ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा पोजेटिभ आएको हो। संक्रमति हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगरका ४ जना छन्।
यस्तै नवलपरासीका गैंडाकोट र कावासोतीका गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जनाकारी दिइन्।
44302 -->
सत्यपाटी
९ मंसिर २०७७, मंगलवार