Loading... आजः ९ मंसिर २०७७, मंगलवार
Trending:

खुकुरी प्रहार गरि श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

खुकुरी प्रहार गरि श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

झापा । झापा दमक नगरपालिका १ का ४७ वर्षीय चुडामणि भण्डारी श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

आइतबार साँझ साढे पाँच बजेतिर कमल गाउँपालिका ६ जीवन चोकस्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३८ वर्षकी श्रीमती टीकामाया पौडेल भण्डारीललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट टीकामायाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।

खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। श्रीमती अर्कैसँग ‘लागेको शंका’ गर्दै उनले खुकुरी प्रहार गरेको जनाइएको छ। उनले श्रीमतीसँगै रहेका दमक २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन् ।

गम्भीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको डिएसपी पण्डितले बताए।

टीकामाया र प्रकाश धान उठाउन आएका थिए। भण्डारीले शंकाका भरमा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।