Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

एटिपी फाइनल्स टेनिसको उपाधि रुसका मेद्बेदेभलाई

एटिपी फाइनल्स टेनिसको उपाधि रुसका मेद्बेदेभलाई

काठमाडौं । यस वर्षको एटिपी फाइनल्स टेनिस प्रतियोगिताको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् ।

इंग्ल्याण्डको लण्डनमा गएराति भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउँदै मेद्बेदेभले करियरमा अलिहेसम्मकै ठूलो उपाधि हात पारेका हुन् ।

सिजनको अन्तिम प्रतियोगिताको फाइनल खेलको पहिलो सेट थिएमले ६–४ ले जिते । तर दोस्रो र तेस्रो सेट क्रमशः ७–६ र ६–४ ले जित्दै मेद्बेदेभले उपाधि पक्का गरे ।

एटिपी फाइनल्समा शानदार प्रदर्शन गरेका मेद्बेदेभले फाइनलअघि शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रफाल नदाललाई हराएका थिए ।

लण्डनमा एटिपी फाईनल्स आयोजना भएको यो अन्तिम पटक हो । अर्को वर्षदेखि यो प्रतियोगिता इटालीको टुरिनमा हुनेछ । एजेन्सी