Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
उदाहरणीय कार्य

बेवारिसेका लागि नेपालगन्जमा ‘बा आमा घर’

बेवारिसेका लागि नेपालगन्जमा ‘बा आमा घर’

बाँके । नेपालगन्ज–१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ । बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगन्जले २५ जना क्षमताको चारकोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।

अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिकरुपमा शनिबार आश्रम शुभारम्भ गरेको हो । एक कार्यक्रमबीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सिटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गरेका हुन् ।

अध्यक्ष सिटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँ जीवनको पहल चुनौतीपूर्ण रहे पनि सामुहीक सहकार्यले सहज बनाउने विवास व्यक्त गरे । कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनीधी राजु गुरुङ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाहीले आश्रम सञ्चालनको सफलताको शुभकामना दिएका छन् ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालयकी सहसचिव पुनम गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गरेका थिए । केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार केन्द्रले हालसम्म १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिसकेको छ । हाल भेरी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ भने ४ जनाको शव व्यवस्थापन गरिसकिएको छ ।