Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

कृषि विकास कार्यालयको गेटमा बम जस्तै शंकास्पद वस्तु

कृषि विकास कार्यालयको गेटमा बम जस्तै शंकास्पद वस्तु

काठमाडौं । हुम्लाको सिमकोट बजारस्थित लोकतन्त्र चोकमा रहेको कृषि विकास कार्यालयको गेटमा शंकास्पद वस्तु भेटिएको छ। सुरक्षा निकायले उक्त शंकास्पद वस्तु बम भएको आशंका गरेको छ ।

कृषि विकास कार्यालयमा भेटिएको शंकास्पद वस्तुका बारेमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म रानीवनको बम डिस्पोजल टिम आएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए ।

उक्त शंकास्पद वस्तु कस्ले राखेको सो भने खुलेको छैन। कार्यालयमा भेटिएको शंकास्पद वस्तुलाई सुरक्षा निकायले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला क्षेत्रमा ल्याएर डिस्पोजल गर्ने तयारी गरिरहेको उनले बताए ।