Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
कोरोना कहर

कोरोना संक्रमणबाट दाङका दुई जनाको कोहलपुरमा मृत्यु

कोरोना संक्रमणबाट दाङका दुई जनाको कोहलपुरमा मृत्यु
फाइल तस्वीर

बाँके । कोरोना भाइरस संक्रमणबाट दाङका दुई पुरुषको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ बनगाउँका ६७ बर्षिय पुरुषको शनिबार राती ११ः५० मा मृत्यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका–९ बेलवाका ६८ बर्षिय पुरुषको आज आइतबार विहान १ः४० बजे मृत्यु भएको छ ।

जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दुवैमा निमोनिया देखिएको थियो । श्वासप्रश्यासमा समस्या आएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि घोराहीका ६७ बर्षिय पुरुषको कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वाव संकलन गरी परिक्षण गरिएको थियो ।

भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ देखिएका उनको स्वास्थ्य अवस्था विग्रँदै गएपछि उनलाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापको समस्या समेत रहेका उनको उपचारका क्रममा रोगको प्रकृतिअनुसार विभिन्न औषधिहरुका साथै रेमडिसिभर समेत दिइएको थियो ।

त्यस्तै श्वासप्रश्यासमै समस्या आएपछि मङ्सिर ४ गते कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका तुलसीपुरका ६८ बर्षिय पुरुषको सोही दिन स्वाव संकलन गरी परिक्षण गरिएको थियो । भोलिपल्ट उनलाई कोराना पोजेटिभ देखिएको थियो । मधुमेहको समस्या समेत उनलाई अक्सिजन थेरापीसमेत दिइएको थियो ।

रेमडिसिभिर, अक्सिजन थेरापीमार्फत उपचार गरिए पनि उनीहरु दुवैको अवस्थामा सुधार नआएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट कोरोना भाइरस संक्रमणको उपचारका बाँकका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएर मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।