Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
नेकपा विवाद

उपाध्यक्ष वामदेवले भने, ‘बल्लतल्ल जुटेको पार्टीलाई फुट्न दिन्न’

उपाध्यक्ष वामदेवले भने, ‘बल्लतल्ल जुटेको पार्टीलाई फुट्न दिन्न’

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएका छन् । उनले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए । केन्द्रीय उपाध्यक्ष गौतमले पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको पनि बताए ।

उनले भने, ‘म ०६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएको छु, बल्लतल्ल जुटेको पार्टीलाई फुट्न दिन्न । दुवै अध्यक्षले पनि केही त्याग गर्नैपर्छ ।’ केन्द्रीय उपाध्यक्ष गौतमले आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यतिबेला सबै पार्टी एकताको पक्षमा हुनुपर्ने बताएका छन् ।