Loading... आजः २० मंसिर २०७७, शनिबार
Trending:

भारतीय नागरिकलाई ठक्कर दिएर भागेको मोटरसाइकलका चालक पक्राउ

भारतीय नागरिकलाई ठक्कर दिएर भागेको मोटरसाइकलका चालक पक्राउ

दाङ ।  इलाका प्रहरी कार्यालयले ठक्कर दिएर भागेको मोटरसाइकलका चालकलाई पाँच दिन पछि पक्राउ गरेको छ।

तुलसीपुर–अमेलिया सडकखण्ड अन्तरगत तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्करबाट चैत ३० गते एक जना पैदल यात्रुको मृत्यु भएको थियो।

छिमेकी देश भारतको नानपारा घर हाल तुलसीपुर ५ मा बस्दै आएका ३५ वर्षीय बल्लु हलवाई साढे ७ बजे अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्कर दिएर भागेको थियो। हलवाईको उपचारका क्रममा सोही दिन राति ११ बजे बाँकेस्थित नेपालगञ्ज नर्सिङहोममा मृत्यु भएको थियो।

पाँच दिनको प्रयास र अनुसन्धानवाट प्रहरीले हलवाईलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई पक्राउ गर्न सफल भएको छ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर ५ का ३७ वर्षीय प्रकाश श्रेष्ठ ०२–०३–०१० प ३०४७ नम्वरको मोटरसाइकलसहित शुक्रबार पक्राउ परेका छन्।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरेको जानकारी दिएको छ। हलवाईलाई ठक्कर दिने मोटरसाइकलको खोजीमा प्रहरीले पाँच दिन लामो अनुसन्धानका क्रममा तुलसीपुर क्षेत्रमा सञ्चालन हुँदै आएका एक सय बढी मोटरसाइकलको अनुसन्धान गरेको प्रहरी स्रोतले बताएको छ।