Loading... आजः ९ मंसिर २०७७, मंगलवार

मोटर जोड्ने क्रममा सेती नदीमा बालक बेपत्ता

मोटर जोड्ने क्रममा सेती नदीमा बालक बेपत्ता

बझाङ । सेती नदीमा मोटर जोड्ने क्रममा एकजना बालक बेपता भएका छन् । जयपृथ्वी नगरपालिका–१० पानकोट बस्ने हिमाल पुरीका ७ बर्षिया छोरा इतिहास पुरी बेपत्ता भएका छन् । पुरी दिउसो १ः३० बजे मोटर जडान गर्ने भनी घरबाट उत्तमकुमार पुरीसँग गएका उनी बेपत्ता भएका हुन् ।

उनका आफ्न्तका अनुसार सँगै गएका उत्तमले मोटर जडान गरिरहेका बेला पानी प्यास लाग्यो पानी खान जान्छु भनेर माथितिर गएको र नजान भनेर उत्तमले नै फर्काएर ल्याएका थिए । बालक ढुंगामा बसिरहेका बेला उत्तम पुनः मोटर जडान गर्दै गर्दा बालकले उनको आँखा छलेर हिडेका थिए ।

उत्तमले भने, ‘कतिखेर गएछ । थाहै भएन, उ गएको केहीबेरमा सिटी हालेकोजस्तो आवाज आयो, त्यसपछि यताउति हेरे उसलाई देखिन । घर गएको होला भन्ने लाग्यो, घरमा पनि पुगेको रहेनछ । फेरि नदीमा हेर्न गयौ, नदिको छेउमा एउटा चप्पलमात्र फेला परेपछि उ नदीमा बेपत्ता भएको भन्ने लाग्यो ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्र सिंह कार्कीले बेपत्ता बालकको नेपाल प्रहरी र शसत्र प्रहरीले संयुक्तरुपमा खोजी कार्य जारी राखेको बताए । ती बालकलाई नदीमा खस्दा कसैले नदेखेकाले भए पनि नदीमै खसेर बेपत्ता भएको आशंका गरिएको छ । बेपत्ता बालक जयपृथ्वी विद्याश्रममा कक्षा १ मा अध्ययनरत थिए ।