Loading... आजः ९ मंसिर २०७७, मंगलवार
अपराध

प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या

प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन् । बाँके वनकट्टीका बाबुलाल रैदासले शुक्रबार विहान आत्महत्या गरेको प्रहरीले जनाएको छ । रैदासले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासमाथि प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो । टाउकोमा सधैं घुम्टो बाँधिरहने रैदासले आज शुक्रबार विहान साढे ५ बजे हिरासतको शौचालयमा त्यही कपडाले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।