Loading... आजः २० मंसिर २०७७, शनिबार
Trending:

चलचित्र ‘साइँली’ युट्युबमा रिलिज

चलचित्र ‘साइँली’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साइँली’ युट्युबमा रिलिज भएको छ ।

गतवर्ष हल रिलिज भएको चलचित्र ‘साईली’ दीपावलीको अबसर पारेर युट्युबमा रिलिज भएको हो ।  ‘साइँली’मा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा प्रेम, परिवारमा गरिबीले सिर्जना गर्ने समस्यालाई चलचित्रे उठान गरेको छ । चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन् ।