Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

१६ वर्षपछि हत्या आरोपी पक्राउ

१६ वर्षपछि हत्या आरोपी पक्राउ

दाङ । हत्या आरोपमा अदालतबाट दोषी ठहर एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहाका ४७ वर्षीय लिलाधर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भण्डारीलाई सर्वोच्च अदालतले २०६१ चैत २९ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय फैसला गरेको थियो । उनी सोही समयदेखि फरार थिए । फरार भण्डारीलाई आइतबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । उनलाई सोमबार जिल्ला अदालत दाङमामा पेश गरिएको छ ।