Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

राजधानीको नयाँ बसपार्कमा सुरक्षा गार्ड र सहचालकबीच झडप

राजधानीको नयाँ बसपार्कमा सुरक्षा गार्ड र सहचालकबीच झडप

काठमाडौं । राजधानीको नयाँ बसपार्कमा सुरक्षा गार्ड र सहचालकको एक समूहबीच झडप भएको छ । बस पार्किङको विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको हो ।

प्रहरीका अनुसार नयाँ बसपार्कमा बस पार्किङको विषयमा विवाद हुँदा त्यहाँ कार्यरत दुई सुरक्षा गार्डले एक सहचालकलाई हातपात गरेको पाइएको छ। बसपार्कमा कार्यरत सुरक्षा गार्ड लमजुङका ३८ वर्षीय सुनबहादुर गुरुङ र चितवनका ३३ वर्षीय सुरेन्द्र श्रेष्ठले ती सहचालकलाई हातपात गरेका थिए ।

उनीहरुले सहचालकमाथि हातपात गरेपछि अन्य सहचालक समेत आएर सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि दुई पक्षीय झपड भएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी प्रभाव बसपार्कमा प्रमुख इन्सपेक्टर रमेश विष्टले सहचालकलाई कुटपिटमा संलग्न दुई सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको बताए । प्रहरी हस्तक्षेपपछि अवस्था सामान्य बनेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।