Loading... आजः ९ मंसिर २०७७, मंगलवार

विराटको टिमलाई पराजित गरेर दिल्ली क्यापिटल्स प्लेअफमा

विराटको टिमलाई पराजित गरेर दिल्ली क्यापिटल्स प्लेअफमा

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो ।

१५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए ।

पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १५२ रन बनायो । उसका लागि देवदत्त पादिकलले ४१ बलमा ५०, एबी डी भिल्लियर्सले २१ बलमा ३५ तथा कप्तान कोहलीले २४ बलमा २९ रन बनाएका थिए ।

प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ ।

बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ । कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सकेनमा हैदराबाद चौथो स्थानमा पुग्ने छ ।